सरकार भन्छ – काेराेनाका सक्रिय संक्रमित २५ हजार नाघे फेरि लकडाउन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर काेराेनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गर्ने जनाएकाे छ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

२५ हजार बढी संक्रमित भए देशमा अहिले रहेको अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने देखिएकोले फेरी लकडाउन गर्न सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयले बुधबारको नियमित काेराेना अपडेटमा देशभर अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेकाे जनाएकाे ।

साथै मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय अझै एक महिना बन्द गर्न पनि सिफारिस गरेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.