१ हजार ३५६ जनामा काेराेना संक्रमण, ८२३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ३५६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६६ हजार ६३२ पुगेको मन्त्रालयले जनाएकाे छ ।

यस्तै बितेको २४ घण्टामा ८२३ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४२९ पुगेको छ ।

Facebook Comments