संवैधानिक आयोगमा तत्काल पदपूर्ति गर्न नेकपाकाे आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक आयोगमा पदपूर्ति तत्काल गर्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले संवैधानिक आयोगमा तत्काल पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकले तत्काल संवैधानिक परिषदको बैठक बोलाएर पदपूर्ति प्रक्रिया अघि बढाउन भनेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदपूर्ति हुन नसकेको आरोप लगाइरहँदा सत्तारुढ दलले पनि पदपूर्तिका लागि आग्रह गरेको हो ।

१३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त रहेका छन् । प्रतिपक्षी दलसँगको भागबण्डा नमिलेकै कारण नियुक्तिमा ढिलाइ भएको बताइन्छ ।

Facebook Comments