काठमाडौं उपत्यकामा थपिए ६४७ काेराेना संक्रमित

काठमाडाैं । काठमाडौं उपत्यकामा मंगलबार थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार उपत्यकाको काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा काेराेना संक्रमण देखिएको छ ।

यस्तै मंगलबार देशभर १३ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ८२३ जना काेराेना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । थप २ जनाकाे मृत्यु भएकाे छ ।

Facebook Comments