पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा हान्ने पक्राउ

काठमाडौं । महानगरीय अपराध महशाखाले पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युवकलाई पक्राउ गरेको छ ।

बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने महालक्ष्मी नगरपालिका-१ का २१ वर्षीय अनिश महर्जनलाई इमाडोलबाट पक्राउ गरिएकाे महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

पक्राउ परेका महर्जन पत्रकार नभएको खुलेको छ । पुल्चोकमा भएको झडप प्रकरणमा प्रहरीले महर्जनसहित १३ जनालाई पक्राउ गरिसकेकाे छ ।

Facebook Comments