चन्द्रागिरिमा करेन्ट लागेर युवकको मृत्यु, वडाअध्यक्षको घरमा ढुुङ्गामुढा

काठमाडाैं । काठमाडाैंकाे चन्द्रागिरिमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१४, नयाँ नैकापमा हाइटेन्सन लाइनबाट करेन्ट लागेर २९ वर्षीय सुरेन्द्र महर्जनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले चन्द्रागिरि स्पार्टस क्लवको निर्माणाधीन भवनमा करेन्ट लागेर महर्जनको शुक्रबार उपचारका क्रममा कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

प्रहरीका अनुसार हाइटेसन्सन लाइनको मुनि क्लबको भवन ढलान गर्न नहुने भन्दै बिहान महर्जन उक्त भवनमा जाँदा तारले छोएर करेन्टले समातेको थियो । नगरपालिकाको असहमतिका बाबजुद स्थानीय युवाले घर निर्माण गरेका थिए ।

यसमा वडाध्यक्ष रामहरि बस्नेतको पनि अहमति भए पनि उनले रोक्न पहल नगरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । आक्रोशित स्थानीयले वडाध्यक्ष बस्नेतको घरमा ढुङ्गामुढा समेत गरेका छन् । ढुङ्गामुढाबाट वडाअध्यक्ष बस्नेतको घरको झ्यालको सिसा फुटेको छ ।

Facebook Comments