रामेछापमा थपिए १३ जना कोरोना संक्रमित

रामेछाप । रामेछापमा शुक्रबार एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन् । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रामेछापमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

जिल्ला अस्पताल रामेछापका स्वास्थ्य अधिकृत भुवन थापाले दिएको जानकारी अनुसार जिल्ला अस्पताल रामेछापबाट पठाएको स्वाबमा ६ जना पोजेटिभ देखिएकाे हाे ।

बाँकी ७ जना भने काठमाडौंमा नै स्वाब संकलन गरिएको पोजेटिभ आएको उनले बताए । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या कूल संख्या ८६ पुगेको छ ।

Facebook Comments