थुनुवा कक्षबाटै बलात्कार आरोपी फरार

रौतहट । रौतहटमा प्रहरी हिरासतबाटै एक थुनुवा फरार भएका छन । एक १७ बर्षीय किसोरीलाई जबरजस्ति करणी गरेको आरोपमा पक्राउ परेका गौर नगरपालिका-४ निबासी रोहित कुमार यादब गयराति फरार भएका हुन् ।

फरार यादबलाई प्रहरीले गौर स्थित निर्माण ब्यबसायी संघको भबनमा बनाइएको क्वारेन्टाईनको थुनुवाकक्षमा राखिएको थियो । सोही भबनको शौचालयको झ्यालबाट फरार भएको प्रहरीले जनाएकाे छ । आइतबार मात्रै पक्राउ परेका यादबलाई जिल्ला अदालत गौरबाट सोमबार मात्रै म्याद थप गरिएको थियो ।

Facebook Comments