काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या २७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएकाेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २७१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
आज मृत्यु हुनेहरुमध्ये १० जना पुरुष र ४ जना महिलाहरु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुने पुरुषहरुमा सप्तरीका ५५ वर्षीय २ जना, कास्कीका ६५ वर्षीय, नवरपरासीका ३७ वर्षीय, प्यूठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय रहेका छन् । त्यस्तै कोरोनाको कारण मृत्यु हुने महिलाहरुमा काठमाडौंका ३ जना ८२, ६७ र २२ वर्षीया, चितवनकी ३५ वर्षीया रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
नेपाल पछिल्लो २४ घण्टामा मात्र १ हजार ३५९ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । हालसम्म नेपालमा कुल संक्रमितमध्ये ५८ प्रतिशत अर्थात २५ हजार ५६१ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ३ सय ५४ जना कोरोना मुक्त भएका हुन् ।
Facebook Comments