काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यीमध्ये काठमाडौंमा मात्रै १ सय ७७ जना रहेका छन् ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेको छ भने संस्थागत आइसोलेशनमा ९ हजार १ सय ५४ र होम आइसोलेशनमा ४ हजार ५ सय ६१ जना रहेका छन् ।
Facebook Comments