निषेधाज्ञामा पनि काठमाडौंमा बढ्दै काेराेना संक्रमित, आज कति थपिए?

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४२ जना नयाँ संक्रमित थपिएका छन् भने ललितपुरमा २५ र भक्तपुरमा १५ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा देशभर ८ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय ५० जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा हालसम्म ३० हजार ४ सय ८३ संक्रमित पुगेका छन् भने ती मध्ये १८ हजार २ सय १४ जना डिस्चार्ज भएका छन् ।

Facebook Comments