नेपालमा काेराेना संक्रमितकाे संख्या ३० हजार नाघ्याे

काठमाडौं । नेपालमा आज शुक्रबार थप  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा २९२ महिला र ५४६ पुरूष गरी थप ८३८ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १३७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।

Facebook Comments