काठमाडौंसहित ६ जिल्लामा पाँच सयबढी संक्रमित

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७०७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २९ हजार ६४५ पुगेकाे स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पाँच सयबढी संक्रमित रहेका जिल्ला ६ वटा रहेका छन् । ती जिल्लाहरुमा मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं हुन् । त्यस्तै चारवटा जिल्लाहरु भोजपुर, मनाङ, मुस्ताङ र हुम्लामा संक्रमित शून्य रहेको मन्त्रालयले जनाएकाे छ ।

Facebook Comments