नेपाली युवतीलाई बिहे गर्ने प्रलोभन देखाई ठगी गर्ने विदेशी नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८ लाख ५४ हजार ४२० ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले पीडित महिलालाई नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद रु दुई लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार र एक्सचेञ्ज चार्ज बुझाउन प¥यो भनी उक्त रकम ठगी गर्ने विदेशी नागरिक कोस्टालाई शुक्रबार सोल्टी होटलबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “पक्राउ कोस्टाले भन्सार छुटाउनका लागि आवश्यक पीडित महिलासँग थप रु २० लाख मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट नियन्त्रणमा लिएको हो”, प्रवक्ता कार्कीले भन्नुभयो । पक्राउ व्यक्तिले सोहीदिन अर्की युवतीबाट पनि रु ३७ हजार ठगी गरेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेकै दिन प्रहरीले कोष्टाको ठमेलस्थित कोठामा समेत खानतलासी गरेको छ । खानतलासीका क्रममा कोष्टाको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत प्रहरीले बरामद गरेको प्रवक्ता कार्कीले बताउनुभयो । पक्राउ व्यक्ति विसं २०७६ फागुनमा नेपाल आएको प्रहरीले जनाएको छ । पक्राउ व्यक्तिसँग नेपाली रु तीन लाख १५ हजार ७४५, अमेरिकन डलर ९००, एटिएम कार्ड, ल्यापटप एक थान, नक्कली नेपाली एक हजारका नोट तीन थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री प्रहरीले बरामद गरेको छ । पक्राउ व्यक्तिलाई जिल्ला अदालतको पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । रासस

ताजा अपडेट

पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मकै उच्च : एकैबर्षमा ६ लाख ६२ हजार ९५ जनाले लिए रेसिडेन्सी !

पोर्चुगल । पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मै उच्च रहेको विदेशी र सीमा सेवा सेफले जनाएको छ। सन् २०२० मा आवास अनुमति लिने बिदेशी आप्रवासीहरुको संख्या...

४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिइयो, कसको जिम्मामा कुन मन्त्रालय ? (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी...

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि….

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चर्चित