काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । आज सोमबार बिहान ०९ :३० बजे बैठक बस्ने भएको छ । नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको सहमतिमा बैठक बस्न लागेको जानकारी दिएका छन्।
नेकपा भित्र केही महिनादेखि वरिष्ठ नेताहरूबीच वादविवाद चलिरहेकाे छ। साेही विवाद सुल्झ्याउन नेकपाले सचिवालय बैठक बोलाइएकाे हाे ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवादमा समाधान खोज्न कार्यदल गठन गरेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले विधि पद्धतिको मुद्दा उठाएका थिए।
नेतात्रयले शनिबार पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी सचिवालयको बैठक राखेर कार्यदल गठन गर्नु उपयुक्त हुने धारणा राखेका थिए । बैठकले कार्यदललाई औपचारिकता दिने सम्भावना छ ।
Facebook Comments