उपत्यकामा मात्रै ५३ काेराेना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घन्टामा उपत्यकामा मात्रै ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्म्लनमा प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा ५३ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ११, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ९, शिक्षण अस्पतालमा १, प्रहरी अस्पताल प्रयोगशालामा २१ र स्टार अस्पतालमा ६ गरी ४८ जना संक्रमित काठमाडौंमा थपिएका हुन् ।

पछिल्लो २४ घन्टामा मुलुकभर ३ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १९ हजार ६३ पुगेको छ । यस्तै, ५ हजार १ सय ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments