पार्टीभित्र समस्या चुलिँदा नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । यसअघि पटक(पटक स्थगनको मारमा परेको नेकपा स्थायी कमिटी बैठक आज बस्ने भनिएको थियो ।

आजको बैठक पनि स्थगित भएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए । ‘अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको सूचना आएको छ,’ भुसालले भने, ‘अर्को सूचना कहिले आउने हो थाहा छैन ।’

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तयार गर्न बाँकी रहेकाले स्थायी कमिटी बैठक स्थगित भएको जानकारी दिए ।

गत असार १० गतेबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम शुरू भएपछि पटक(पटक स्थगित भएको हो ।

बैठक स्थगित गरेर पार्टीभित्र चुलिएको संकट समाधानका निम्ति भन्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओली वान(टू(वान वार्तामा लागेका थिए । अध्यक्षद्वयको प्रयासले पनि पार्टीभित्रको समस्या समाधान हुन सकेको छैन । आजै पनि दुई अध्यक्षबीच छलफल हुने कार्यक्रम रहेको छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.