कोरोना महामारीमा थप उत्पिडनमा पाकिस्तानका आदिवासी

इस्लामावाद । विश्वभर फैलिएको कोरोना महामारीको सबैभन्दा ठूलो असर आदिवासी र अल्पसंख्यक समुदायमाथि परेको छ । विश्व स्वास्थ्य संगठनले पनि यसअघि कोरोना महामारीका कारण आदिवासी समूहहरु बढी उत्पिडनमा परेको बताएको थियो ।

उत्पिडनमा परेका मानिसहरुको पक्षमा काम गरिरहेको गैरनाफामुखी संस्था अलाइन्स फर पर्सिक्युटेड पिपुल वर्ल्डवाइड (एपीपीडब्लूडब्लू) ले पाकिस्तानमा आदिवासी समूहमाथि दमन निकै पीडादायी भएको र चुनौतीपूर्ण रहेको बताएको छ ।

एपीपीडब्लूडब्लूले गरेको एक प्यानल डिस्कसनमा धार्मिक र सांस्कृतिक विभेदका कारण पाकिस्तानमा आदिवासी र अल्पसंख्यकहरु निकै समस्यामा परेको निष्कर्ष निकालेको थियो ।

अब्जर्ब रिसर्च फाउन्डेसन (ओआरएफ) का वरिष्ठ अनुसन्धानकर्ता भरत गोपालस्वामीले उक्त डिस्कसनको सञ्‍चालन गरेका थिए । पाकिस्तानी क्यानेडियन पत्रकार तथा लेखक तारिक फतेहले पाकिस्तानमा देश संगठनात्मक स्वतन्त्र भागहरुमा विभाजित नभएसम्म विभेद कायमै रहने बताएका छन् ।

उनले ढिलोचाँडो पाकिस्तान टुक्रिने र पाकिस्तानमा विभेदमा परेका समुदायले न्याय पाउने विश्वास व्यक्त षरेका छन् ।

Facebook Comments