नागरिकता संशोधन ऐनको प्रभाव : पाकिस्तान सीमा क्षेत्र अटारीबाट भारत प्रवेश गर्दै हिन्दू

एजेन्सी । पाकिस्तानमा निकै उत्पिडनमा परेका हिन्दू समुदायहरु भारत-पाकिस्तान सीमा क्षेत्र अटारीबाट भारत प्रवेश गरिरहेका छन् ।

भारतको संसदले गत वर्ष नागरिकता संशोधन ऐन पारित गरेपछि पाकिस्तानबाट भारत प्रवेश गर्ने हिन्दूहरुको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ ।

करिब ८० हिन्दू मानिसहरु सोमबार अटारी अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पुगेका थिए । उनीहरुमध्ये अधिकांशको लक्ष्य भारतमा जागिर खोज्‍ने, भारतमै बसोबास गर्ने र भारतीय नागरिकता लिने रहेको पाइएको छ ।

उनीहरु अब फेरि पाकिस्तान फर्किन चाहँदैनन् । एक पाकिस्तानी हिन्दू श्रीरामले निसंकोच भने, “मेरो जन्म पाकिस्तानमा भयो । तर, मेरो देश हिन्दुस्तान हो । पाकिस्तान राम्रो तर त्यहाँका शासक राम्रा छैनन् ।”

दिल्लीस्थित शिख गुरुद्वारा व्यवस्थापन समितिका प्रमुख मन्जित सिंह सिर्साले पाकिस्तानी हिन्दूहरुले पाकिस्तान छोडेर राम्रो गरे । उनीहरु भारतमै बसोबास गरेर यहाँकै नागरिकताका लागि आवेदन दिन पाउनेछन् ।

Facebook Comments