भिसा जालसाजीको अभियोगमा अमेरिकाद्वारा तीन चिनियाँ नागरिक पक्राउ


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

एजेन्सी। पछिल्लो समय चीन र अमेरिकाबीच व्यापार, कोरोनाभाइरस र हङकङको विषयलाई लिएर तनाव चुलिएको छ । अमेरिकाले चार चिनियाँ नागरिकमाथि भिसा जालसाजी गरेको अभियोग लगाएको छ । चीनको सशस्त्र फौजसँगको सदस्यसताबारे ढाँटेर ती चिनियाँहरूले जालसाजी गरेको आरोप अमेरिकाले लगाएको हो ।

चारमध्ये तीनजनालाई पक्राउ गरिएको छ भने चौथो व्यक्तिलाई सङ्घीय जाँच ब्यूरो (एफबीआइ)ले खोजिरहेको छ। उनी सान फ्रान्सिस्कोस्थित चीनको वाणिज्य दूतावासमा रहेको बताइएको छ। एफबीआइका अधिकारीहरूले २५ वटा अमेरिकी शहरहरूमा चीनको सेनासँग “अघोषित आबद्धता” रहेका मानिसहरूसँग पनि अन्तर्वार्ता गरेको छ।

अभियोजनकर्ताहरूले अमेरिकामा सेनाका वैज्ञानिकहरूलाई पठाउने चीनको योजनाअन्तर्गतको यो एउटा हिस्सा भएको बताएका छन् । अमेरिकाको न्याय मन्त्रालयका न्यायाधीवक्ता जोन सी डेमर्सले एउटा प्रेस विज्ञप्तिमा भनेका छन्- पिपल्स लिबरेसन आर्मीका सदस्यहरूले सेनासँगको “आबद्धता” लुकाएर अनुसन्धान भिसाका लागि निवेदन दिएका छन् ।

“खुला समाजको फाइदा उठाएर प्राज्ञिक संस्थाको दोहन गर्ने चीनको कम्युनिस्ट पार्टीको यो एउटा अर्को पक्ष हो।” अमेरिकाले सान फ्रान्सिस्कोस्थित चीनको वाणिज्य दूतावासमा एकजना चिनियाँ वैज्ञानिक रहेको घोषणा गरेपछि ती पक्राउहरू गरिएका हुन्।

एकदिन अगाडिमात्रै अमेरिकी अधिकारीहरूले चीन बौद्धिक सम्पत्तिको चोरीमा संलग्न रहेको आरोप लगाउँदै टेक्ससमा रहेको चीनको वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएका थिए। चिनियाँ नागरिकलाई पक्राउ गर्नुअघि बिहीवार चीनको विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकाको आरोपलाई “दुर्भावनापूर्ण बदनाम” भनी व्याख्या गरेका थिए।

उनले चीनले आफ्नो वैधानिक अधिकारको सुनिश्चितताका लागि आवश्यक प्रतिक्रियाहरू जनाउनुपर्ने पनि बताएका थिए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प हालैका महिनाहरूमा चीनसँग कोरोनाभाइरसको विश्वव्यापी महामारी, व्यापार र हङकङको नयाँ सुरक्षा कानुनका विषयलाई लिएर पटकपटक खनिएका छन् ।

भिसा जालसाजी गरेको आरोप लागेका चारैजनाले पिपल्स लिबरेसन आर्मीमा आफूले सेवा गरेको बारे झुटो बोलेको बताइएको छ। उनीहरूले या त चिनियाँ सेनामा कहिल्यै पनि सेवा नगरेको बताएका छन् वा अहिले नगर्ने बताएका छन्।

चारमध्ये एक वाङ सीनलाई जुन ७ तारिखमा लस एन्जलसस्थित विमानस्थलमा पक्राउ गरिएको थियो। उनले आफू पीएलएको सदस्य रहेको र सेनाको विश्वविद्यालयको प्रयोगशालामा काम गर्ने बताएका थिए।

न्याय मन्त्रालयका अनुसार भिसा लिँदा भने सीनले सन् २०१६ मै सेना छोडिसकेको बताएका थिए । अभियोग लागेका चारैजना चिनियाँ नागरिकहरू चीनको सेनामा रहेको बताइएको छ

बाँकी दुई सङ चेन र जाओ काइकाइलाई भने जुलाइ १८ मा पक्राउ गरिएको थियो । अभियोजनकर्ताहरूका अनुसार सङले आफू स्नायुरोग विज्ञ भएको र सेना छोडिसकेको दाबी गरेका छन्। तर यथार्थमा उनी चीनस्थित पीएलएको हवाई फौजमा अझै पनि आबद्ध रहेको अभियोजनकर्ताहरूको आरोप छ ।

त्यस्तै जाओले भने आफू कहिल्यै पनि सेनामा नरहेको दाबी गरेका छन् तर खासमा उनी पनि पीएलएको अनुसन्धान संस्थाका सदस्य रहेको आरोप अभियोजनकर्ताहरूले लगाएका छन् । पक्राउ पर्न बाँकी रहेकी ट्याङ जुआन भने पीएलएको हवाई फौजको सदस्य रहेको ठानिएको छ ।

उनी सेनाको पोशाकमा भएको तस्बिर भेटिएको र हवाई फौजको मेडिकल युनिभर्सिटीमा काम गरेको प्रमाण आफूसँग रहेको अधिकारीहरूले बताएका छन् ।

उनले पनि भिसाका लागि निवदेन दिँदा त्यहाँ आफू कहिल्यै पनि सेनामा नरहेको बताएको आरोप लगाइएको छ।

चीनको वाणिज्य दूतावासमा के हुँदैछ?

टेक्ससको ह्यूस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई छानबिनको घेरामा राखेको दुई दिनपछि पक्राउका यी घटना सार्वजनिक भएका हुन्।

बुधवार प्रशासनले “अमेरिकीहरूको निजी सूचना र बौद्धिक सम्पत्तिको रक्षा गर्न” भन्दै उक्त वाणिज्य दूतावास ७२ घण्टाभित्र बन्द गर्न चीनलाई निर्देशन दिएको थियो।

चीनले त्यस्तो निर्देशनलाई “राजनीतिक उक्साहट” भनेको छ।

अमेरिकामा वासिङ्टनस्थित चीनको दूतावासबाहेक चारवटा वाणिज्य दूतावास रहेका छन्।

Facebook Comments


Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167