एजेन्सी। चीनको सिन्जियाङ प्रान्तका उत्पिडनमा परेका उइगर समुदायहरुलाई चिनियाँ कम्पनीहरुले जबरजस्ती मास्क उत्पादनमा लगाएर श्रम शोषण भइरहेको छ । न्युयोर्क टाइम्सका अनुसार सरकारले सञ्चालन गरेका केही संक्रमण नियन्त्रणविरुद्धका काममा उइगरहरुलाई प्रयोग गरिरहेको भिडियो सार्वजनिक गरेको जनाइएको छ ।
उइगरहरु चीनको अल्पसंख्यक मुस्लिम समुदायहरु हुन् । कोरोना महामारीको जोखिम भएका क्षेत्रमा अहिले उइगर र अन्य अल्पसंख्यक समुदायका मानिसहरुलाई लगाइएको छ ।
ती कम्पनीहरुले अधिकांशरुपमा आन्तरिक प्रयोगका लागि सामग्रहरु उत्पादन गरिन्छन् । न्युयोर्क टाइम्सका अनुसार सिन्जियाङ बाहिर पनि धेरै उइगरहहरुलाई लगेर श्रम शोषणको काम भइरहेको छ ।
चीनमा उइगरहरुको जनसंख्या घटनाउने रणनीतिहरु र उनीहरुमाथि उत्पिडन गर्ने काम चिनियाँ अधिकारीहरुले गरिरहेका छन् । चीनक उइगर र अल्संख्यक मुस्लिम समुदायले आधारभूत मानवअधिकारको उपभोगसमेत गर्न पाएका छैनन् ।
उनीहरुको मानवअधिकार उल्लंघन भएको भन्दै अन्तर्राष्ट्रियस्तरबाट चर्को दबाब परिरहेको छ । अमेरिकाले सिन्जियाङमा मानवअधिकारको चरम उल्लंघन भएको भन्दै आवाज उठाउने अमेरिकी अधिकारीहरुलाई चीनले प्रतिबन्ध लगाएको छ ।
Facebook Comments