भारत अवसरको भूमि भएको भन्दै लगानी गर्न अमेरिकालाई मोदीको आग्रह

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अवसरको उपयुक्त भूमि भएको भन्दै अमेरिकी लगानीकर्ताहरुलाई लगानीका लागि आग्रह गरेका छन् ।

उनले कृषि, रक्षा, नागरिक उडड्यन, स्वास्थ्य सेवा, उर्जा, निर्माण संरचना र बिमा तथा वित्तिय क्षेत्रमा लगानीका लागि आग्रह गरेका हुन् । प्रधानमन्त्री मोदीले बुधबार अमेरिका-भारत बिजनेस काउन्सिलले आयोजना गरेको इण्डिया आइडिया समिटलाई सम्बोध गर्दै लगानीको आग्रह गरेका हुन् ।

उनले भने, “भारत लगानी गर्ने यो उत्तम अवसर हो । भारत तपाईंले विश्वसा गर्नसक्ने व्यापार र लगानीको अवसर भएको मुलुक हो । भारत लगानीको उत्तम अवसर भएको मुलुकको रुपमा उदय भइरहेको छ ।”

“भारतको उदय भनेको व्यापारका अवसरको उदय हो र विश्वासको उदय हो । विश्वव्यावपी एकता र उदरापनमा वृद्धस हुनु हो,” प्रधानमन्त्री मोदीले थपे, “प्रतिस्पर्धाको उदय हुनु हो । जसले बजारलाई स्वस्थ बनाउँछ ।”

“जब बजार खुला हुन्छ तब अवसरहरु पनि धेरै हुन्छन् । त्यसैगरी विकल्पहरु पनि धेरै हुन्छन् । जसले आशावादी बनाउछ।” प्रधानमन्त्री मोदीले भारतमा लगानीका सबै ढोकाहरु खुला भएकोसमेत बताएका छन् ।

Facebook Comments