भारतमा नागरिकता पाउनका लागि क्रश्चियन बन्दै मुस्लिम र रोहिंगिया समुदाय

नयाँ दिल्ली । भारतमा नागरिकता पाउनका लागि आवश्यक मापदण्ड पुर्‍याउन क्रश्‍चियन बन्‍नेक्रमा बढेको छ । भारतको नागरिकता संशोधन ऐन अनुसार भारतमा नागरिकता प्राप्त गर्नका लागि मुस्लिम र रोहिंगीया समुदायका मानिसहरु धर्म परिवर्तन गरेर क्रश्‍चियन बनिरहेका छन् ।

कम्तीमा २५ जना अफगानी रोहिंगियाहरुले धर्म परिवर्तन गरेर क्रश्‍चियन बनेको पाइएको छ । गत वर्ष भारतले पाकिस्तान, अफगानिस्तान र बंगलादेशका हिन्दु, शिख, जैन, पारसी, बुद्धिस्ट र क्रश्‍चियन शरणार्थीहरुलाई नागरिकता प्रदान गर्ने प्रावधान राखिएको थियो । तर, मुस्लिम समुदायले उक्त कानुन मुस्लिम सफाया अभियानका लागि ल्याइएको भन्दै मुस्लिम समुदायले आपत्ति जनाएको थियो ।

२१ वर्षको हुँदा म्याक्सवेल भारतमा आएका थिए । उनी अहिले ३४ वर्षका भए । उनका बुबा अफगानिस्तानमा सुन्नी इस्लाम मान्ने गर्दथे । “अधिकांश मुस्लिम अफगानीहरुले शरणार्थीका लागि संयुक्त राष्ट्र संघको उच्च आयोगमा गुनासो गरेका थिए ।

पछिल्लो तथ्यांक अनुसार एक लाख ५० हजारभन्दा बढी अफगानी मुस्लिमहरु भारतको नयाँ दिल्लीमा बस्दै आएका छन् । उनीहरु नागरिकता प्राप्तीका लागि धर्म परिवर्तन गरिरहेको खुलासा भएको हो । यसले गम्भीर स्थिति निम्त्याउनसक्ने खतरा बढेको हो ।

Facebook Comments