अफगानिस्तानको कान्दाहार आक्रमणमा पाकिस्तानी परिचय पत्र फेला

काबुल । अफगानिस्तानको कान्दाहार प्रान्तमा भएको आतंकवादी आक्रमणमा अफगानी सुरक्षा फौजले पाकिस्तानी राष्ट्रिय परिचयपत्र फेला पारेका छन् । उक्त घटनामा पाँच तालिबानी लडाकू मारिएका थिए । उनीहरुको साथबाट पाकिस्तानी परिचयपत्र फेला परेको हो ।

पाकिस्तानले आंतकवादलाई सहयोग नगरेको दाबी गरिरहेका बेला आतंकवादीसँग पाकिस्तानी परिचयपत्र हुनुले उक्त दाबीलाई खारेज गरिदिएको छ । पाकिस्तानले अफगानिस्तानमा अस्थिरताका लागि लगातार अस्थिरता कायम गरिरहेका छन् ।

कान्दाहार प्रान्तका प्रहरी प्रमुखले तोलो न्युजसँग भने, “सुरक्षा फौजले तालिबानी लडाकूको साथबाट पाकिस्तानी परिचयपत्र फेला पारेको छ ।” एक अर्को आतंकवादी आक्रमणमा २५ तालिबानी आतंकवादी र १२ पाकिस्तानीहरु मारिएका थिए ।

यसअघि पक्राउ परेका इस्लामिक स्टेटका खोरासन प्रान्तका प्रमुख अब्दुल्लाह ओराकजाइले बयानका क्रममा पाकिस्तानी सम्बन्धबारे खुलाएका थिए ।

यसअघि संयुक्त राष्ट्रसंघको प्रतिबन्ध नगरानी समूहले तयार पारेको एक प्रतिवेदन अुनसार ५००० तालिबानी लडाकू पाकिस्तानी आतंकवादी समूह लस्कर-इ-तालिबासँग सम्बन्धित भएको तथ्यांक सार्वजनिक गरेको थियो ।

Facebook Comments