अमेरिकामा चिनियाँ अनुसन्धानकर्ताहरुले भिसा जालसाजी गरेको आरोपमा कारबाही

एजेन्सी । अमेरिकी संघीय अदालतले स्ट्यान्डफोर्ड विश्वविद्यालयका भिजिटिङ अनुसन्धानकर्ताहरुले भिसा जालााजी गरेको र चिनियाँ सेनाको सदस्यता लुकाएको आरोपमा कारबाहीको आदेश दिएको छ ।

हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सोङ चेनलाई आफ्नो परिचयको विषयमा गलत विवरण प्रतस्तुत गरेको र चिनियाँ सैन्य फोर्सको सदस्यता लुकाएको भन्दै कारबाहीको आदेश दिइएको हो ।

संघीय अनुसन्धान व्युरोले र महान्यायाधीवक्ताले कानुन मन्त्रालयलाई सोमबार यस विषयमा जानकारी गराएका थिए । सोङले सन् २०१८ मा अमेरिकी भिसाका लागि भरेको आवेदनमा सन् २०११ मा आफ्नो सैन्य सेवा सकिएको बताएकी थिइन्।

तर, उक्त विवरण संघीय अनुसन्धान ब्युरोको तथ्यसँग बाझिएको छ । उनी हाल पनि पिपुल्स लिब्रेसन आर्मीको सक्रिय सदस्य रहेको खुलेको छ । अमेरिका-चीन सम्बन्धमा कोरोना भाइरस र व्यापारका विषयमा उत्पन्‍न विवादपछि यस्तो घटना सार्वजनिक भएको हो ।

संयुक्त राज्य अमेरिकाले कोरोना महामारीका समयमा सिन्जियाङमाथि चीनले गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरु गरेको भन्दै चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्धसमेत लगाएको छ ।

ताजा अपडेट

पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २७४५ जना संक्रमित, ४१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार...

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट (पूर्णपाठसहित)

विराटनगर । प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले सोमबार...

किशोरीको फेसबुक म्यासेन्जरमा अश्लिल भिडियो पठाउने पक्राउ

काठमाडौँ । सामाजिक संजाल ‘फेसबुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ...

पर्वतको सेतीवेणी बजार डुबानमा, १० घर विस्थापित

पर्वत। अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको...

आजदेखि कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

काठमाडौं । मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका...

राउटे युवतीमाथि बलात्कार गरेको स्वीकार

सुर्खेतमा दुई जना राउटे युवतीलाई होटलमा लगेर जबर्जस्ती गरी भिडियो खिचेका युवाहरुले प्रहरी बयानमा ‘आफूहरुले सबै काम गरेको’ भनेर स्वीकारेका छन् । राउटे समुदायले...

ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाएर ब्यापारीको बिचल्ली

काठमाडौँ । भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका पनि दुई थरी रुप हुन्छन्-वास्तविक र लुकेको । समाज सेवा र राहत वितरणका...

उपेन्द्र यादवले भने– निर्वाचन आयोगको निष्पक्षतामाथि शंका छ, कानुनी लडाइँ लड्छौँ

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीको आन्तरिक विषयमा निर्वाचन आयोगले निर्णय गर्दा निष्पक्ष र तटस्थ भूमिका निर्वाह नगरेको...

चर्चित