‘इन्डो-प्यासिफिकमा भारत अमेरिकाको सुरक्षा साझेदारको रुपमा उदय हुँदै’

एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले भारत इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकाको रक्षा-सुरक्षा साझेदारको रुपमा उदाइरहेको बताएका छन् । अमेरिकी विदेशमन्त्री पोम्पिओले बुधबार भारतलाई दूरसंचार र स्वास्थ्य सेवाजस्ता क्षेत्रमा चीनबाट टाढा रहेर आपूर्ती आकर्षण गर्ने अवसरसमेत भएको बताएका हुन् ।

उनले आगामी जी७ समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत आमन्त्रण गरिने बताउँदै भने, “हामीले उक्त जी७ राष्ट्रहरुको शीखर सम्मेलनमा अन्तर्राष्ट्रिय समृद्धिको नेटवर्कलाई विस्तार गर्ने विषयमा गम्भीर छलफल गर्नेछौं । “

संकटको समयमा नेतृत्व : अमेरिका-भारत सककार्यको दृष्टिकोण सेसनमा बोल्दै अमेरिकी विदेशमन्त्री पोम्पिओले दुई ठूला प्रजातान्त्रिक मुलुकले मिलेर काम गर्नु निकै महत्वपूर्ण भएको बताएका हन् ।

“हामी विश्वमै पुरानो र समृद्धि प्रजातान्त्रिक मुलुक हौं । त्यसकारण दुई ठूला र पुराना प्रजातान्त्रिक मुलुकहरुले एकसाथ मिलेर काम गर्न निकै महत्वपूर्ण छ । भारत अमेरिकाको रक्षा र सुरक्षा साझेदारको रुपमा उदाइरहेको छ ,” उनले भने ।

उनले भारतले विश्वमै धेरै राष्ट्रहरुको विश्वास आर्जन गरेको बताए । विदेशमन्त्री पोम्पिओले भारतले व्यापार र लगानी प्रबर्द्धनको लागि वातावरण बनाउन आवश्यक भएको बताएका छन् ।

Facebook Comments