पाकिस्तानमा पत्रकार मतिउल्ला जाँ अपहरण, टेलिभिजन कार्यक्रममा सेन्सर

एजेन्सी । पाकिस्तानमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । सरकारका गलत क्रियाकलाप र निर्णयको चर्को आलोचक बनेर कलम चलाउने पत्रकार मतिउल्ला जाँलाई राजधानी इस्लामावादबाट अज्ञात हतियारधारीले अपहरण गरेका हुन् ।

त्यसैगरी जीओ टिभिका अर्का पत्रकार हमिद मिरको कार्यक्रममा पनि सेन्सर गरिएको छ । पत्रकार मतिउल्ला जाँको अपहरणसम्बन्धी कार्यक्रमलाई सेन्सर गरिएको हो ।

उनले भीओएसँग कुरा गर्दै भनेका छन्, “केही शक्तिशाली समूहले मतिउल्ला जाँको अपहरण गरेका छन् । उनको अपहरणमा प्रहरीको गाडी प्रयोग भएको छ भने प्रहरीको बर्दीसहितका व्यक्तिहरुले अपहरण गरेका छन् । तर, प्रहरीले भने उक्त अपहरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

त्यसैगरी उनले आफ्नो कार्यक्रमको अन्तिम अशं केही शक्तिशाली व्यक्तिहरुले सेन्सर गरेको बताएका छन् । उनका अनुसार जसले मतिउल्ला जाँको अपहरण गर्‍यो त्यही समूहले आफ्नो कार्यक्रम सेन्सर गरेका हुन् ।

जीओ मिडियाका प्रधानसम्पादकलाई केही वर्षअघि सरकारले गैरकानुनी हिरासतमा राखेको छ । त्यही आडमा सरकारले मिडियाहरुलाई धम्क्याइरहेको छ । सन् २०१६ मा हमिद मिरमाथि पनि आक्रमण भएको थियो । पछिल्लो समय पाकिस्तानमा पत्रकारहरु निकै असुरक्षति छन् ।

Facebook Comments