पाकिस्तानी प्रधानमन्त्रीका विशेष सल्लाहकार जाफर मिर्जालाई कोरोना संक्रमण

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकारसमेत रहेका स्वास्थ्यमन्त्री जाफर मिर्जालाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई सोमबार कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरिएको हो ।

मिर्जाले ट्विटरमार्फत आफू मेडिकल सुझाव अनुसार उनी सेल्फ-आइसोलेसनमा रहेको र पूर्वसावधानीहरु अपनाइएको जनाइएको छ ।

उनले लेखेका छन्, “मलाई कोरोना भाइरसको पोजेटिभ देखिएको छ । चिकित्सकहरुको सल्लाहअनुसार म आइसोलेसनमा छु र पूर्वसावधानीहरु अपनाइरहेको छु । मलाई सामान्य लक्षणहरु देखिएका छन् ।”

पाकिस्तानमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ३३ हजार ६४६ रहेका छन् भने ४ हजार ८१८ जनाको मृत्यु भएको छ । हालसम्म पाकिस्तानमा एक लाख ३१ हजार ६४९ जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments