माधवपछि झलनाथलाई पनि भेटिन चिनियाँ राजदूत

काठमाडौँ । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला चिनियाँ राजदूतले एकपछि अर्काे नेताहरूसँगकाे भेटलाई निरन्तरता दिएकी छन्।

चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता माधव नेपालपछि पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटघाट गरेकी छन्। राजदूत यान्छी मंगलबार डल्लुस्थित खनाल निवास पुगेकी हुन् । भेटमा समसामयिक विषय र आपसी सम्बन्धका विषयमा कुराकानी भएको स्रोतले बताएको छ ।

सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी हुन् । आइतबार मात्रै यान्छीले नेकपाका अर्का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री नेपाललाई भेटेकी थिइन् । राजदूत यान्छीले एक हप्ताअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेकी थिइन् ।

नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेपाललाई कोटेश्वर पुगेर चिनियाँ राजदूतले भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । उक्त भेटघाटलाई दुवै पक्षबाट नियमित भनिए पनि नेकपाभित्रको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय रहेको राजनीतिक विश्लेषक बताउँछन् ।

यसअघि राजनीतिक दलविभाजनसम्बन्धी र संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश प्रकरणमा नेकपाभित्र विवाद चर्किँदा चिनियाँ राजदूत होउले वैशाख १९ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग उनीहरुकै निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.