एजेन्सी। इन्डोनेसिया करिब १७ हजार ५०० टापुसहितको ठूलो द्विप समूहको मुलुक हो । जहाँ १९ लाख वर्ग किलोमिटर क्षेत्र टापुले ओगटेको छ र क्षेत्रफलको हिसाबले विश्वको १५ औं ठूलो मुलुक पनि हो । २७ करोडभन्दा बढी जनसंअ्या भएको यस सहरका ५०० भन्दा बढी सहरमा बसोबास गर्छन् ।
दुई जना भारतीय चीनमे चौहान र अभिने पेडिसेटीले इन्डोनेसियाका व्यापारिक कारोबारलाई सहयोग गरिरहेका छन् । उनीहरुले इन्डोनेसियन पार्टनरसँग मिलेर बुककिपिङ एपमार्फत कारोबारलाई डिजिटाइज गरेका छन् । उक्त एपकव नाम बुकुवारुङ राखिएको छ । यो एप सन् २०१९ मा सुरु गरिएको हो । बुकुवारुङको अर्थ बुक-स्टल भन्ने हुन्छ ।
यो एप अफलाइन पनि चलाउन मिल्ने र आफ्नो रेकर्डहरु राख्न र अपडेट गर्न मिल्ने गरी बनाइएको छ । यदि कुनै व्यापारीको केही रकम कोही ग्राहकसँग बाँकी रह्यो भने उनीहरुले त्यहाँ जाने झन्झटलाई अन्त्य गरेको छ ।
यस एपमार्फत उनीहरुको बक्यौता रकमबारे ग्राहकलाई स्वत: नोटिफिकेसन जाने गरेको छ । भारतीयहरुले यस्तै विभिन्न मुलुकको व्यापार प्रबर्द्धनमा उत्कृष्ट काम गर्दै आएका छन् ।
Facebook Comments