पाकिस्तानका अल्पसंख्यक हिन्दु किशोरीमाथि रोकिएन शोषण

एजेन्सी । पाकिस्तानका अल्पसंख्यक हिन्दु किशोरी र बालिकामाथिको शोषण र ज्यादती बढ्दै गएको छ । कोरोना भाइरस संक्रमणको जोखिम र फैलिने दर बढिरहेका बेला मुलुकहरु यसविरुद्ध लागिरहेका समयमा पाकिस्तानका हिन्दु किशोरी र बालिका भने जोखिममा परेका छन् ।

पाकिस्तानको सिन्ध प्रान्तबाट एक हिन्दु किशोरीलाई अपहरण गरियो । उनलाई इस्लाम बनायो र अपकारीसँगै विवाह गराएर बेचबिखन गरिएको घटना सार्वजनिक भएको छ । सिन्ध प्रान्तको जाकोबाबादबाट उनलाई अपहरण गरिएको थियो ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार उनलाई वाजिर हुसेनले अपहरण गरेका थिए । अपहरणपछि उनलाई जबरजस्ती इस्लाम बनाइएको थियो र अपहरणकारीसँगै विवाह गराइएको थियो ।

ती किशोरीको नाम अहिले बासिरन राखिएको एएनआईले जनाएको छ । कोरोनाको संकट बढ्दै जाँदा बालिका र किशोरीको अपहरण र यौन हिंसाका घटनाहरु बढ्दै गएका हुन् ।

Facebook Comments