‘चीनको अधिनायक र विस्तारवादलाई रोक्ने रणनीति बनाउन मुलुकहरु मिलेर लाग्‍नुपर्छ’

एजेन्सी । पछिल्लो समय भारत-चीनबीच जून १५ मा लद्दाखको गलवान भ्यालीमा भएको हिंसात्मक झडपले प्रजातान्त्रिक मुलुकहरुलाई सशंकित बनाएको छ ।

विश्वभरका प्रजातान्त्रिक र संसदीय व्यवस्था भएका मुलुकहरुले चीनको अधिनायक र विस्तारवादलाई रोक्‍न मुलुकहरुले सँगै मिलेर रणनीति बनाउनुपर्ने बताएका छन् ।

इन्टर पार्लियामेन्ट्री अलाइन्स अन चाइनाका प्रकाशति एक लेखमा भनिएको छ, “विश्वका प्रजातान्त्रिक मुलुकहरुले आफ्नो कोर्ष परिवर्तन गर्न आवश्यक छ । शित युद्ध सकिएको तीन दशकपछि पनि गलवान भ्यालीमा हिंसात्मक झडप भएको छ । यसलाई रोक्न चाहन्छौं भने हामी मिलेर अघि बढ्नुपर्छ र चीनको सशक्तिकरण र विस्तारवादलाई रोक्ने रणनीति बनाउनुपर्छ ।”

भारत-चीन विज्ञसमेत रहेका जोनाथन डीटीले लेखेको उक्त लेखमा थप भनिएको छ, “२०२० मा हामी माओवादी चीनको रक्तपातपूर्ण दिनहरूमा पुगेका छैनौं । तर हामीले बुझ्नुपर्छ कि चीनका नेताहरूले आज पनि आफूलाई राष्ट्रिय पुनरुत्थानको माओवादी कार्यक्रमको प्रत्यक्ष उत्तराधिकारी ठान्छन् जसले यस क्षेत्रका धेरै छिमेकीहरूसँग द्वन्द्व बढेको छ र रक्तपातमा लडाई हुनसक्छ ।”

अस्ट्रेलियासँग साइबर आक्रमण, हङकङमा सुरक्षा कानुन ल्याएर विवाद सिर्जना गरेको छ । हङकङको सुरक्षा कानुनको चौतर्फी विरोध भइरहेको छ ।

चीनले बेलायतसँगको अन्तर्राष्ट्रिय सम्झौताको उल्लंघन गर्दै हङकङको स्वतन्त्रतालाई दबाएर नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेको छ । कोरोना महामारीकै मौका छोपेर ताइवान र जापानसँग पनि द्वन्द्वको स्थिति सिर्जना गरेको छ ।

“सन् १९४९ मा ताइवान आक्रमणको तयारी गर्‍यो, कोरियामा संयुक्त राज्य अमेरिकासँग भिड्यो र तिब्बतमाथि कब्जा गर्‍यो । चीनले अहिले पनि यव रणनीति लागु गर्न खोज्दैछ । त्यसकारण सबै सजग भएर यसविरुद्धको साझा रणनीति बनाउन आवश्यक छ” लेखमा भनिएको छ ।

Facebook Comments