दुई अध्यक्षलाई मन्त्री भुषालले राखे यस्ताे प्रस्ताव

काठमाडाैँ । एकताको नयाँ आधार खोज्नुपर्ने प्रस्ताव लिएर नेकपा स्थायी समिति सदस्य एवम् कृषि मन्त्री घनश्याम भुषालले पार्टीका दुई अध्यक्षलाई भेटेका छन्।

मन्त्री भुषालले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटार गएर भेटेका हुन्।

‘प्रधानमन्त्रीलाई बालुवाटार गएर बिहान भएको ब्रिफिङ गरेँ। उहाँले तपाईंहरूको प्रयत्न राम्रो छ, यसका लागि शुभकामना भन्नुभयो,’ भुषालले भने, ‘प्रचण्डले पनि यो प्रस्ताव ठीक छ भन्नुभयो। तर नयाँ स्तरको एकताको व्याख्या गर्न भन्नुभएको छ।’

शुक्रबार भुषालको पुल्चोकस्थित निवासमा दोश्रो पुस्ताका ११ जना स्थायी समिति सदस्यहरू भेला भएका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.