एजेन्सी । पाकिस्तानमा कोरोना भाइरसको संक्रमण बढ्दै जानुमा क्वारेन्टाइनको अवस्था नराम्रो भएका कारण भन्दै रिपोर्टिङ गर्ने दुईजना पत्रकारलाई त्यहाँका अधिकारीहरुले यातना दिएका छन् ।
ती पत्रकारले अफगान सिमाना नजिकै रहेका क्वारेन्टाइनको अवस्थाबारे रिपोर्टिङ गर्ने क्रममा त्यहाँका अधिकारीहरुले यातना दिएको बताएका थिए । उक्त घटना सार्वजनिक भएपछि सरकारले छानबिनका लागि समिति गठन गरी अनुसन्धान थालिएको छ ।
टेलिभिजन पत्रकार साइद अली अचकजाइ र अब्दुल मादिन अचकजाइलाई पक्राउ गरेर तीन दिनसम्म बलुचिस्तानको हिरासतामा राखिएको थियो । त्यहाँ पनि उनीहरुलाई यातना दिने काम भएको बताएका छन् ।
बलुचिस्तानका आन्तरिक मामिला मन्त्री जुइल्लाह लाङगोभले यस घटनाको अनुसन्धान सुरु भइसकेको बताएका छन् । पत्रकारलाई यातना दिने घटनामा प्रत्यक्षरुपमा संलग्न भएका तीनजनालाई तत्काल निल्मबन गरिएको छ ।
यस घटनाप्रति अन्तर्राष्ट्रिय पत्रकार संगठनहरुले पनि गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
Facebook Comments