एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा अनलाइन कक्षाको माग राख्दै आन्दोलन गर्ने विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । अहिले कोरोना भाइरसको संक्रमण बढिरहेका बेला विद्यालयहरु बन्द भएकाले विद्यार्थीहरु घरमै भएका कारण अनलाइन कक्षा अनिवार्य रहेको छ ।
तर, विद्यार्थीका लागि इन्टरनेट सुविधा छैन् । उनीहरुले इन्टरनेट सुविधाको माग राख्दै प्रदर्शनहरु गरिरहेका छन् । विगत केही हप्तादेखि बलुच विद्यार्थी एकताको ब्यानरमा क्वेटामा विद्यार्थीहरु धर्ना बसेका छन् । उनीहरुले प्रान्तभरका विश्वविद्यालयमा अनलाइन कक्षा हुनुपर्ने माग राखेका छन् ।
प्रहरीले विद्यार्थीले सहरमा र्याली गरिरहेकोले पक्राउ गरेको जनाइएको छ । संविधानको धारा १४४ अनुसार त्यहाँ र्याली गर्न प्रतिबन्ध भएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बलुचस्तान सरकारले कोरोना भाइरसका कारण शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।
Facebook Comments