करिब साढे ६ हजार पाकिस्तानीहरु आतंकवादीको रुपमा अफगानिस्तानमा

एजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले जारी गरेको एक प्रतिवेदनमा करिब ६ हजार ५०० पाकिस्तानी नागरिकहरु अफगानिस्तानमा आतंकवादीको रुपमा परिचालन भएको दाबी गरिएको छ ।

यस्तो तथ्यांकले युद्धग्रस्त मुलुक अफगानिस्तान र दक्षिण एसियाली क्षेत्रको शान्ति, स्थायीत्व र सुरक्षामा खतरा उत्‍पन्‍न गराउने बताइएको छ ।

एनालिटिकल सर्पोट र स्याङसन मोनिटरिङ टिमले सार्वजनिक गरेको यस तथ्यांक अनुसार तालिबान र अन्य सम्बन्धित व्यक्तिहरुलाई पाकिस्तानी आतंकवादी समूह तेहरिक-इ-तालिबान, जैस-इ-मोहम्मद र लस्कर-इ-तालिबाले प्रशिक्षण दिएको पाइएको छ । त्यहाँ यी समूहका व्यक्तिहरु प्रशिक्षक, सल्लाहकार र विशेष विस्फोटका योजनाकार रहको पाइएको हो ।

Facebook Comments