गलवानमा ज्यान गुमाएको स्वीकार गर्दा अशान्ति निम्तिनेमा चीन चिन्तित

एजेन्सी । गत जून १५ मा भारत-चीनबीचको हिंसात्मक झडपमा चिनियाँ सेनाले ज्यान गुमाएको विषय सार्वजनिक गर्दा अशान्ति निम्तिनसक्ने खतरा हुने भन्‍दै चीन चिन्तित बनेको छ । उक्त घटनामा सरकारले गरेको व्यवहारबाट अवकाश प्राप्त सैनिकहरुले नै राष्ट्रपटि सी जिनपिङविरुद्ध सशस्त्र विद्रोह सुरु गरेका छन् ।

कम्युनिस्ट पार्टी नेताका छोरासमेत रहेका जियान्ली याङले गलवान भ्यालीमा मारिएका चिनियाँ सैनिकको बारेमा स्वीकार गरेर तथ्यांक सार्वजनिक गर्दा अशान्ति हुने खतरा हुने बेइजिङलाई चिन्ता भएको बताएका छन् ।

गलवान भ्यालीमा भएको झडपमा भारतका तर्फबाट २० सैनिक मारिएका थिए । याङका अनुसार उक्त झडपमा चीनतर्फ भारतकोभन्दा बढी क्षति भएको छ । उनले लेखेका छन्,

“चिनियाँ कम्युनिस्ट पार्टीको मुख्य शक्ति भनेकै चिनियाँ सैनिक हुन् । यदि चिनियाँ सेनाको भावना चोट लागेमा उनीहरु एकबद्ध भएर चीन सरकारविरुद्ध खनिनेछन् । उनीहरु एकजुट भएमा राष्ट्रपति सी नै अप्ठ्यारो स्थितिमा पर्न सक्छन्,” उनले लेखेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले पीएलएका भेटरानहरुलाई अवमूल्यन नगर्न र सरकारविरुद्धको सम्भावित विद्रोहलाई भड्किन नदिन सचेत हुनुपर्ने सुझाइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले समेत उक्त झडपमा मारिएका चिनियाँ सेनाको बारेमा खुलाउन डराइरहेका छन् । भारतीय मिडियाका अनुसार उक्त झडपमा चीनका ४० जनाभन्दा बढी मारिकएको समाचार सार्वजनिक भएको थियो ।

Facebook Comments