कोरोनाको पारदर्शीतामा सी जिङपिङको खोक्रो प्रतिबद्धता: माइक पोम्पेओ

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बुधबार चिनियाँहरुले आफ्नो प्रतिबद्धतालाई पूरा नगरेको भन्दै आलोचना गरेका छन् । चीन-अफ्रिका सम्मेलनमा चीनले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिएको विषयलाई पारदर्शी ढंगले बताउने प्रतिबद्धता गरे पनि आफ्नो परिबद्धतामा असफल भएको विदेशमन्त्री पोम्पेओले बताएका छन् ।

उनले चीनबाट सुरु भएको कोरोना भाइरसबाट विश्वमा चार लाख मानिसहरुको मृत्यु भइसकेको उल्लेख गर्दै राष्ट्रपति सी जिनपिङ आफ्नै प्रतिबद्धतामा असफल भएकोभन्दै आलोचना गरेका हुन् ।

उनले राष्ट्रपति सी र चिनियाँ कम्युनिस्ट पार्टीले मानिसको जीवनलाई प्राथमिकतामा नराखेको उल्लेख गर्दै कोरोनासम्बन्धीको वास्तविकतालाई चीनले लुकाएको आरोपसमेत लगाएका छन् ।

उनले भने, “गत साताको चीन-अफ्रिका सम्मेलनमा हामीले खोक्रो प्रतिबद्धताहरु मात्रै सुन्यौं । राष्ट्रपति सीले सधैं आफूले मानिसको जीवनलाई अग्रपंक्तिमा राखेर काम गरिरहेको बताएका थिए । तर, उनी वास्तविक पारदर्शीता र जीम्मेवारी लिन चुकेका छन् ।”

उनले मानिसको जीवन प्राथमिकतामा राख्‍ने बताए पनि विश्वमा लाखौं मानिसहरुको मृत्यु भइसक्दा पनि घातक कोरोना भाइरसको वास्तविकताका बारेमा नखलाएको राष्ट्रपति सीप्रति आक्रोश व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर कोरोना भाइरस फैलाएको जिम्मा चीनले लिनुपर्ने बताउँदै आएका छन् । विदेशमन्त्री पोम्पेओले पनि यसलाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएका छन् ।

पोम्पेओले अमेरिका कोरोनाको चुनौती सामना गर्नका लागि अफ्रिकासँगै उभिने र जनस्वास्थ्यका क्षेत्रमा एक सय बिलियन अमेरिकी डलर सहयोग गरेकोसमेत बताएका छन् ।

ताजा अपडेट

खोप लगाउन नमान्नेलाई जेल हाल्ने चेतावनी

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रियो डुटेर्टेले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिन नमान्ने मानिसलाई जेल हाल्ने चेतावनी दिएका छन् । पछिल्लो समय मुलुकमा डेल्टा...

भारतमा कोरोना संक्रमित संख्या तीन करोड नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट...

संवैधानिक इजलासमा बहस–देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ

काठमाडौं । अधिवक्ता खम्बबहादुर खातीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरद्धको रिट निवेदनमाथि बुधबारको...

कुन व्यवसायले कर तिर्नु पर्दैन, कुनलाई कर छुट ?

काठमाडौं । तपाईं व्यवसाय गर्दै हुनुहुन्छ वा गरिरहनु भएको छ भने तपाईंले सो व्यवसाय गर्दा राज्यलाई कति कर तिर्नुपर्छ भन्ने जानकारी हुनु आवश्यक छ...

के छ आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ...

घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ बुधबार पुनः ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला...

युरोकपमा आज राति चार खेल हुने

एजेन्सी । युरोकपअन्तर्गत समूह चरणका खेल आज सकिँदै छन्। समूह ई र एफको आज चार खेल हुँदै छन्। जुन ११ देखि सुरु भएको समूह...

रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुमाथि राष्ट्र बैंकको अंकुश

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरूलाई अंकुश लगाएको छ । बैंकले मंगलबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय...

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई शुरु हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट...

चर्चित