हङकङमा आफ्नो नीति लागु गराउन चीनको निशाना विद्यालय

हङकङ । चीनले हङकङमा आफ्नो नीति लागु गराएर हङकङलाई पूर्णरुपमा नियन्त्रणमा लिन विद्यालयलाई निशाना बनाएका छन् । चीनले विगत लामो समयदेखि हङकङका विद्यार्थीको ‘ब्रेनवास’ गर्न विभिन्‍न रणनीति अपाएको पाइएको छ।

हङकङ फ्रि प्रेसले चीनको नीति लागु गराउनका लागि विद्यालय अर्को रणभूमि बनेको जनाइएको छ । गत वर्षको आन्दोलनमा पक्राउ परेका आठ हजार ९८१ प्रदर्शनकारीमध्ये ४० प्रतिशत विद्यार्थी रहेको बताएका छन् । जसमध्ये अधिकांश माध्यमिक तहका विद्यार्थी रहेका छन् । प्रहरीको तथ्यांक अनुसार पक्राउ परेका विद्यार्थीमध्ये आठजना प्राथमिक तहका विद्यार्थी थिए ।

हङकङमा सुरु भएको आन्दोलनमा सुरुदेखि नै युवा पुस्ताको सहभागीता बढी थियो । हङहङमा उठिरहेको प्रजातन्त्रको मागलाई दबाउनका लागि चीनले पछिल्लो समय राष्ट्रिय सुरक्षा कानु ल्याएको छ ।

हङकङका शिक्षा प्रमुख केभिन युङका अनुसार विद्यार्थीहरुलाई कुनै पनि किसिमका विरोधका गतिविधिहरुमा सहभागी गराइने छैन । तर, यस कानुनविरुद्ध शिक्षकहरु नै उत्रिएका छन् र विद्यार्थीहरुले पनि कानुनविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

यद्पि विद्यार्थीमाथि चिनियाँ युद्ध नयाँ भने होइन । सन् १०१२ मा जोसआउ वाङ ची-फुङ नाम गरेका एक किशोरलाई शिक्षा व्युरोको नैतिकता र राष्ट्रिय शिक्षा पाठ्यक्रमको अभियान चलाएका थिए । यो चिनियाँ कम्युनिस्ट पार्टीको अभियानकर्ता बनाउने चीनको एक प्रयास भएको बताइएको थियो ।

चीन सरकारले हङकङको शिक्षा प्रणालीलाई नै आफ्नो नीति कार्यान्वयनको थलो बनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका नीतिहरु नै पाठ्यक्रममा समावेश गरिने गरेका छन् । हङकङ सरकारलाई एक पपेटको रुपमा बेइजिङले प्रयोग गरिरहेको छ ।

Facebook Comments