बिहीबार कुन-कुन जिल्लामा थपिए कोरोना संक्रमित?

काठमाडौं। बिहिबार थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ४,मोरङका ६, झापाका १, सप्तरीका १०, धनुषाका ३०, महोत्तरीका १३, अछामका ३१, बझाङका ३५, डोटीका ५८, कैलालीका १६५, कञ्चनपुरका ३१, खोटाङका १, ललितपुरका २, चितवनका २, वर्दियाका १, भक्तपुरका २, दाङका २, धादिङका १,दोलखाका २,गोर्खाका १,काठमाडौँका २८ रहेका छन्।

यसका साथै काभ्रेका १, मकवानपुरका १,पाल्पाका १,रामेछापका १,रुपन्देहीका १, सिन्धुलीका १, उदयपुरका १, नवलपरासीका १,सिन्धुपाल्चोकका ४, अर्घाखाँचीका २, नुवाकोटका १,रसुवाका १, बागलुङका १,पर्वतका २, तनहुँका ३,स्याङजाका २, कास्कीका १,लमजुङका १६, दाङका २, दैलेखका ३ तथा कालिकोटका १ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ। तीमध्य १ हजार ८ सय ८३ जना महिला र १२ हजार ६३६ जना पुरुष रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन्।योसँगै हालसम्म निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.