पाकिस्तानले गिलगिट-बालिचस्तान एलओसीमा खटायो २० हजार सैनिक

एजेन्सी । पाकिस्तानले काश्मिर र गिलगिट बालिचस्तानको एलओसीमा दुई डिभिजन सैनिक खटाएको छ । स्रोतका अनुसार उक्त क्षेत्रमा हिंसा भड्काउनका लागि चिनियाँ अधिकारीहरुले आंतकवादी समूहका कार्यकर्तासँग कुरा गरिरहेका छन् ।

पाकिस्तानले उक्त क्षेत्रमा करिब २० हजार पाकिस्तानी सेना परिचालन गरेको छ । बालाकोट हवाई आक्रमणका समयमा खटाएको सेनाभन्दा बढी अहिले उक्त क्षेत्रमा खटाइएका छन् । उक्त क्षेत्रमा पाकिस्तानी राडरहरु सक्रिय अवस्थामा राखिएका छन् ।

पाकिस्तान र चिनियाँ सीमामा देखिएको पछिल्लो अवस्थाले त्यहाँ आतंकवादी आक्रमण गराउनसक्ने र भयावह स्थिति सिर्जना हुनसक्ने प्रति चिन्ता व्यक्त गरिएको छ ।

पूर्वी लद्दाखको एलएसीमा हजारौं चिनियाँ सेना परिचालन गरेपछि पाकिस्तानले पनि एलओसीमा आफ्नो सेना तैनाथ गरेको हो । गत महिना जम्मु काश्मी प्रहरीका डीजी दिलबाग सिंहले अल बादरले कही शंकास्पद गतिविधि गराइरहेको बताएका थिए ।

Facebook Comments