नायिका साम्राज्ञीले गरिन् चाैथाे भिडियाे पाेष्ट(भिडियाे)

काठमाडौँ । नेपाली चलचित्रकी कलाकार तथा नायिका साम्राज्ञी राज्य लक्ष्मी देवी शाहले आफूमाथि भएको दुर्व्यवहारको व्र्यवहारको बारेमा बोल्दा सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद दिएकी छन्। केही दिन अगाडिबाट सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै उनले आफूमाथि चलचित्र क्षेत्रमा काम गर्दा भोगेको दुर्व्यवहारको बारेमा बताएकी थिइन्। अहिलेसम्म तीनओटा भिडियो मार्फत आफूले भोगेको अनुभव, अनि युट्युब लगायत चलचित्र पत्रकारिताको बारेमा उनले बताएकी थिइन्।

हालै सार्वजनिक उनको भिडियोमा उनले यो कुरा ढिला बाहिर ल्याउनुको कारण बताएकी छन्। साथै आउने दिनमा यस्तो परेमा कानुनी उपचारमा जाने बताएकी छन्। उनको पछिल्लो भिडियोमा भनिएको कुरा यस्तो छ,

‘धेरै जनालाई एउटै कुरामा उत्सुकता छ, ‘कुरा पहिला किन नभनेको अहिले किन भनेको ?’

म पागल छु,

एक त नयाँ नायिका, त्यो माथि पनि म बच्चा नै थिएँ, मैले यो कुरा निकाल्न खोज्दा मलाई धेरै जनाले रोक्न खोज्नुभयो।

एउटा सानो अन्तर्वार्तामा मैले आफ्नो संघर्षको बारेमा कुराकानी गर्दा त्यसलाई घुमाएर मलाई नै नराम्रो बनाइयो। नचाहिँदो समाचार निकालियो। मेरो परिवारलाई कति नराम्रो लाग्यो, ममाथि परेको कुराले भन्दा पनि मैले सत्य बोल्दा पनि शक्तिको खेलमा कुरा कता पुर्‍याइने रहेछ। उहाँहरुलाई चित्त दुख्यो, उहाँहरुले अब यो कुरा ननिकाले हुन्छ भन्नुभयो।

मलाई नि यो कुरा झन लुकाउन मन लाग्दैन, तर मैले परिवारलाई नदुखोस भनेर चुप बसे। त्यही पछि पनि मैले काम गरिरहेँ। खाली बसिन।

मलाई नराम्रो अनुभव भएको तीनओटा चलचित्रपछि मैले यो क्षेत्रमा यस्तै मान्छे नै हुँदोरहेछ, बाहिर हेर्दा मात्र राम्रो, भित्र त नराम्रो, डरलाग्दो हुँदो रहेछ भन्ने लाग्यो। मैले अब म नगर्ने भनेर बसिसहेको थिएँ।

मामुले मलाई सम्झाउनुभयो, यत्रो दुख गरिसकेपछि मेहनत गरिसकेपछि किन त पछाडि जान्छेस् भनेर सम्झाउनु भयो। राम्रो चलचित्र गर्दै गर, पछि तेरो आफ्नो ठाउँ भइसकेपछि मानिसले तैले बोलेको कुरा सुन्छन् भनेर साथीहरुले सल्लाह थिए। त्यसपछि मैले जतिपनि चलचित्रमा काम गरे, उहाँहरुले मेरो आँखा खोल्दिनुभयो। आर्यन दाई, शिशिर दा, पुनम दिदी उहाँहरु साँच्चै नै राम्रो मान्छे।

त्यसपछि मलाई आशा आयो, राम्रो चलचित्र बनाउने मान्छेहरु पनि छन्। चलचित्र क्षेत्रमा धेरै किसिमको राजनीति हुन्छ, अरुको चलचित्र चलेको देख्दा डाहा गने, रीस गर्ने। यसमा मलाई पर्नु पनि छैन।

https://www.instagram.com/tv/CCG2qpgn663/?utm_source=ig_embed

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.