‘महामारीको बीच युरोपमा जिहादी आतंकवादको खतरा’

नेदरल्यान्ड । कोरोना महामारीका बीचमा पनि युरोपमा जिहादी आतंकवाद जारी रहेको र अतिवादी दक्षिण र वामपन्थीद्वारा खतरा उत्पन्‍न गराएको युरोपियन युनियन टेरोरिजम सिचुएसन एन्ड ट्रेन्ड रिपोर्टले जनाएको छ ।

युरोपियन युनियनको एजेन्सी फर इन्फोर्समेन्ट को-अपरेसनले गरेको उक्त अध्ययन प्रतिवेदनमा भनिएको छ, “महामारीको संकटको मौका छोपेर जिहादी आतंकवादमा संलग्‍न चरम दक्षिण र वाम पन्थी कार्यकर्ताहरुले आफ्नो लक्ष्य पूरा गर्न लागिरहेका छन् ।”

कोरोना नियन्त्रणका लागि जारी गरिएको लकडाउनको सुरुआती चरणमा विश्वभर महामारीले पारेको आर्थिक र सामाजिक सम्भावित असरलाई उल्लेख गर्दै केही टीई-एसएटी ट्रेन्ड पहिचान गरिएको थियो । यो अभियानले केही व्यक्तिहरुको वैचारिक अनुभूतिलाई परवाह नगरी कट्टरपन्थीकरणमा जोड दिइएको थियो ।

आतंकवादको विश्वव्यापी स्थितिलाई विश्लेषण गरिएको उक्त रिपोर्टमा इराक र सिरियामा रहेका इस्लामिक स्टेटसँग सयौं युरोपियनहरुको साँठगाँठ रहेको खुलासा गरिएको छ ।

सन् २०१९ मा ईयुका सदस्य राष्ट्रहरुमा विभिन्‍न प्रकारका ११९ आतंकवादी आक्रमण भएको उक्त प्रतिवेदनले जनाएको छ ।

सन् २०१९ मा एक हजार ४ जनालाई आतंकवादी गतिविधिमा संलग्‍न रहेको आशंकामा नियन्त्रणमा लिइएको छ। गत वर्ष ईयूका सदस्य राष्ट्रहरुमा २१ जिहादी आक्रमण भएका थिए । जसमा १४ लाई निस्क्रिय पारिएको थियो, चार सफल हुन सकेनन् भने तीन आक्रमण भएका थिए । तीनवटा सफल आक्रमणमा १० जनाले ज्यान गुमाएका थिए ।

उक्त अध्ययन प्रतिवेदनका अनुसार अलकाइदाले पश्‍चिमा र पश्चिमी स्वार्थ रहेका मुलुकहरुलाई निशाना बनाइरहेको छ । सन् २००१ को आक्रमणका क्रममा अलकाइदाका नेताले भनेका थिए, “अमेरिकाले आक्रमणबाहेको भाषा बुझ्दैन । त्यसकारण अमेरिकी स्वार्थ रहेका विश्वमा आक्रमण जारी राखिनेछन् ।” एजेन्सी

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.