इन्टेलिजेन्सका महानिर्देशककाे सरूवा

काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले सेनाका जर्नेलसहित इन्टेलिजेन्सका महानिर्देशककाे सरूवा गरेकाे छ। सेनाको गुप्तचरी निकाय सैनिक इन्टलिजेन्सको जिम्मेवारी जंगीअड्डाले उपरथी सरुवा सरोज प्रताप राणालाई दिएको छ ।

हाल इन्टलिजेन्समा रहेका झंकर कडायतले १५ साउनमा अवकाश पाउँदैछन् । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सहायक रथी विज्ञानदेव पाण्डेको पनि सरुवा भएको छ । उनलाई मध्यपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको छ।

पाण्डे कडायतको अवकाशपछि उपरथीमा बढुवा हुने लाइनमा छन् । निर्देशनालयका नयाँ प्रमुखमा सन्तोष वल्लव पौडेल आउँदैछन् । उनी १५ नम्बर बाहिनी अड्डाका बाहिनीपति हुन् । पौडेलको ठाउँमा सहायक रथी अरुण पाल पठाइएका छन् ।

Facebook Comments