मन्त्रिपरिषद बैठक सकियाे, के भयाे निर्णय?

काठमाडौं । बिहीबार अाकाश्मिक रूपमा बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । बैठकले साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णयपछि आजै राष्ट्रपतिले अधिवेशन अन्त्य भएको घोषणा गर्नेछिन् ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितलनिवासमा छलफल भएको थियो।

झन्डै १ घन्टा राष्ट्रपतिसँग छलफल गरेपछि प्रधानमन्त्रीले बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.