नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयंशकरको उपस्थितिमा सोमबार भुटानसँग ६०० मेगावाटको खोलोङछु जेभी-जलविद्युत परियोजनाको सहमतिको सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भर्चुअल माध्यमबाट एस जयशंकरले सम्झौता हस्ताक्षर कार्यक्रममा उपस्थिति जनाएका थिए । यसले भारत र भुटानबीचमा पहिलो संयुक्त लगानी जलविद्युत परियोजनाको निर्माणको लागि नेतृत्व गर्ने जनाइएको छ । उक्त सम्झौतापत्रमा भुटान सरकार र खोलोङछु जलविद्युत लिमिटेडबीच हस्ताक्षर भएको हो ।
यो परियोजना सन् २०२५ सम्म सम्पन्न गरिेने लक्ष्य राखिएको छ । खोलोङछु हाइड्रो इनर्जी लिमिटेड भुटानको ड्रुक ग्रिन पावर कर्पोरेसन (डीजीपीसी) र भारतको सत्लुज जल विद्युत निगम लिमिटेड (एसजेभीएनएल) को संयुक्त परियोजना हो ।
भारतीय विदेशमन्त्री जयशंकर र भुटानका समकक्षी ल्योन्पो टान्डी दोर्जीले द्विपक्षीय आर्थिक सहकार्यलाई बलियो बनाउने बताएका छन् । भुटानमा भारतको सहयोगमा द्विपक्षीय लगानीमा बनेका विभिन्न चार परियोजनाअन्तर्गत २१ सय मिगावाटको विद्युत उत्पादन हुने बताइएको छ ।
Facebook Comments