परराष्ट्रमन्त्रीकाे अभिब्यक्तिप्रति राष्ट्रिय एकता अभियानकाे ध्यानाकर्षण

राष्ट्रियता, गणतन्त्र र हिन्दू राष्ट्रका लागि राष्ट्रिय एकता अभियान नामक संस्थाकाे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदमा दिएकाे अभिब्यक्तिप्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ।

उक्त संस्थाका संयाेजक विजय यादवले एक विज्ञप्ति जारी गर्दै मिती २०७७ साल असार १५ गते सोमबार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा नेपाल–चीन सिमाबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको दिनुभएको मन्तव्यप्रति राष्ट्रिय एकता अभियानको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।

२०६१ सालमा नेपालको अधिनमा रहेको गोरखा जिल्लाको रुई गाँउलाई त्यहाँको जनताको स्वेच्छाले चीनतर्फ पारिएको उहाँको अभिव्यक्ति नेपाल राष्ट्रको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र सार्वभौमसत्ताविरोधी मात्र नभई त्यसले नेपालको विखण्डनबादी शक्तिहरुलाई मलजल पुरयाउने हाम्रो ठहर रहेकाे जारी विज्ञप्तपमा उल्लेख छ।

प्रेस विज्ञप्ति
राष्ट्रियता, गणतन्त्र र हिन्दू राष्ट्रका लागि
राष्ट्रिय एकता अभियान

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको वकतव्य सम्बन्धमा

मिती २०७७ साल असार १५ गते सोमबार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा नेपाल–चीन सिमाबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको दिनुभएको मन्तव्यप्रति राष्ट्रिय एकता अभियानको गम्भिर ध्यानाकर्षण भएको छ ।

२०६१ सालमा नेपालको अधिनमा रहेको गोरखा जिल्लाको रुई गाँउलाई त्यहाँको जनताको स्वेच्छाले चीनतर्फ पारिएको उहाँको अभिव्यक्ति नेपाल राष्ट्रको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र सार्वभौमसत्ताविरोधी मात्र नभई त्यसले नेपालको विखण्डनबादी शक्तिहरुलाई मलजल पुरयाउने हाम्रो ठहर छ ।

के रुई गाँउलाई आत्मनिर्णयको अधिकार थियो ? के कसैको स्वेच्छाको भरमा नेपालको भुभागलाई अन्य मुलुकमा गाभ्न नेपालको त्यसबखत या अहिले कुनै कानुनले दिन्छ ? त्यस गाँउको जनताको स्वेच्छा प्रकट गरेको प्रमाण के हो ? भोलीको दिनको अन्य भुभागको जनताले त्यसरी नै स्वेच्छा प्रकट गरी अन्य मुलुकमा गाभिन चाहेमा दिने कि नदिने ? जस्ता गम्भिर प्रश्नहरु उब्जिएका छन् ।

तसर्थ, राष्ट्रिय एकता अभियान नेपाल सरकारसँग रुई गाँउका जनताले आफ्नो भुभागसहित चीनमा गाभिन स्वेच्छा प्रकट गरेकोे प्रमाण सार्वजनीक गर्न जोडदार माँग गर्दछ । प्रमाण छैन् भने त्यहाँको जनताको राष्ट्रियता र राष्ट्रिय भावनामाथि कुठाराघात गर्ने अभिव्यक्ति दिएका परराष्ट्रमन्त्रीलाई यथाशीघ्र बर्खास्त गर्न माँग गर्दछ ।

अन्त्यमा, रुई गाँउलाई चीनतर्फ नेपालको भुभागमा पार्न सहयोग पुरयाएका सबै सम्बिधत व्यक्तिहरुमाथि राष्ट्रद्रोहको कारवाही गरी अबिलम्ब रुई गाउँलाई नेपालको नक्सामा पारी यथाश्रीघ नक्सा प्रकाशित गर्दै एवम् मित्र राष्ट्र चीनसँग कुटनीतिक वार्ता गरी रुई गाउँ भुभाग फिर्ता ल्याउन जोडदार माँग गर्दै सम्पुर्ण राष्ट्रभक्त नेपालीहरुलाई आ–आफ्नो ठाँउ परराष्ट्रमन्त्रीको राष्ट्रियताविरोधी अभिव्यक्तिविरुद्ध उत्रिन हार्दिक अपिल गर्दछौं ।

विनय यादव
संयोजक

Facebook Comments