लकडाउन साउन ७ सम्म लम्ब्याउने सरकारकाे निर्णय

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडाैँ । सरकारले कोरोना भाइरस रोकथामका लागि ११ चैतदेखि लागू गरेको लकडाउनलाई लम्ब्याएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन साउन ७ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो।

लकडाउन असार १ गतेदेखि लकडाउन खुकुलो भएपनि पूर्ण रुपमा खुलेको थिएन। अब लकडाउन के हुन्छ भनेर अन्याैल बढिरहेका बेला सरकारले यस्ताे निर्णय गरेकाे हाे। यसअघि जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।

अहिले  स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने  उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।

तर,  सपिङ मल, जिमखाना,  सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल भने बन्द गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले जारी खुकुलो लकडाउनलाई साउन ७ सम्म कायम राख्ने निर्णय गरेको एक मन्त्रीले वताए।

त्यस्तै आन्तरिक र बाह्य हवाई उडान पनि ७ साउनसम्मका लागि बन्द गरिएको छ। सीमा नाका पनि साउन ७ गतेसम्म रोक्ने निर्णय भएको छ। चार्टर्ड बाहेकका उडान चैतदेखि नै बन्द छन्।

सरकारले लकडाउन खुकुलो बनाएपनि सुरक्षाका विधि कडाइका साथ लागु गर्न भनेको छ। मन्त्रिपरिषद् बैठकले घर बाहिर जाँदा ‘एसएमएस’ विधि अनिवार्य लागु गर्न निर्देशन दिएको छ। एस अर्थात सामाजिक दूरी, एम अर्थात् मास्क अनिवार्य र एस अर्थात् स्यानिटाइजर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको हो।

Facebook Comments