प्रहरीको ज्यादतीविरुद्ध पाकिस्तानमा चर्को आन्दोलन

एजेन्सी । पाकिस्तानको पेसावर सहरमा प्रहरीको ज्यादतीविरुद्ध आन्दोलन सुरु भइरहेको छ । खइबर पख्तुनखा राज्यमा प्रहरीले एक अफगान महिलालाई नग्‍न बनाएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्‍जालमा भाइरल भएपछि पेसावर राज्यमा त्यसविरुद्ध चर्को आन्दोलनहरु भइरहेका छन् ।

तेहखाल प्रहरी चौकीबाहिर प्रदर्शनहरु भइरहेका छन् र प्रहरीविरुद्ध नाराबाजी गरिएको पाकिस्तानी सञ्‍चारमाध्यम डनले जनाएको छ । प्रदर्शनकारीहरुले ढुंगा प्रहार गर्दा प्रहरी चौकीका सीसीटीभी क्यामेराहरु रहेका छन् । प्रहरीविरुद्ध गरिएको यो दोस्रो दिनको प्रदर्शन हो ।

सद्दार प्रहरी परीसरका एसपी एएस खालिदले स्थिति नियन्त्रणमा लिएको दाबी गरे पनि प्रहरी ज्यादतीविरुद्धका प्रदर्शनहरु भने भइरहेका छन् । उनले भने, “केही मानिसहरुले कानुन र व्यवस्थाको उल्लंघन गरेको आरोप लगाइरहेका छन् ।

प्रदर्शनकारीहरुमाथि अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरिएको भिडलाई तितरबितर पारिएको थियो । प्रदर्शनमा सहभागी २० वर्षीय अहमेद खानले भने, “हामीले पीडितको न्यायका लागि माग गरिरहेका छौं ।”

प्रान्तको संसदबाहिरसमेत प्रर्दशकारीहरुले प्रहरीको यातना र ज्यादतीविरुद्ध नाराबाजी गरेका थिए । यसअघि उक्त घटनामा संलग्‍न तीन प्रहरीलाई नियन्त्रणमा लिइएको थियो । बिहीबार हजरौं मानिसहरु तेहकाल क्षेत्रका सडकमा मानिसहरु निस्किएका थिए ।

Facebook Comments