चीनबाट उत्पन्‍न खतरालाई निस्तेज पार्न अमेरिका र युरोपियन युनियनले साझा रणनीति बनाउने

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टी ९सीसीपी० ले उत्पन्‍न गर्ने खतरालाई निस्तेज पार्ने उद्देश्य अनुरुप अमेरिका र युरोपियन युनियनबीच संवाद हुने भएको छ ।

ब्रसेल्स फोरममा जर्मन मार्सल फन्डसँगको छलफलका क्रममा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका र युरोपियन युनियनबीच संवादका लागि सहमति भएको बताएका हुन् ।

उनले भने, ू ब्रसेल्स फोरममा जर्मन मार्सल फन्डसँगको छलफल रमाइलो भयो । हाम्रो साझा मूल्य र जीवनशैलीमाथि चिनियाँ कम्युनिस्ट पार्टीले उत्पन्‍न गराउने खतरालाई सम्बोधन गर्न अमेरिका र युरोपियनबीच वार्ता गर्ने सहमति भएको कुरा सुनाउन पाउँदा निकै उत्साहित भएको छु ।ू

गत साता युरोपियन युनियनका प्रमुख कुटनीतिज्ञ जोसेप बोरेलले अमेरिका र युरोपबीचको वार्ताको उद्देश्य चीनविरुद्धको ट्रान्साएट्‌लान्टिक मोर्चा बनाउनु रहेको बताएका छन् ।

२७ युरोपियन युनियनका सदस्य राष्ट्रका विदेशमन्त्री र अमेरिकी विदेशमन्त्री पोम्पेओबीच भएको वार्तामा दुबै पक्षले साझा मूल्य र स्वार्थको रक्षाका लागि चीनविरुद्धो रणनीति बनाउने बोरेलले बताएका छन् ।

उनले चिनियाँ कम्युनिस्ट पार्टीका गतिविधि र चिनियाँ सेनाका गतिविधिले उत्पन्‍न गराउने खतरालाई निस्तेज पार्नुपर्ने अमेरिकी विदेशमन्त्रीले जोड दिएका छन् ।

यसअघि जुन १५ मा चीनले भारतविरुद्ध आक्रमण गरेको थियो । उक्त घटनापछि अमेरिका सशंकित बनेको छ ।

Facebook Comments